काठमाडौं, जेठ १७
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाडाैं पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको हाे ।