neapl investment mega bank
  • गृहपृष्ठ
  • सिमगाड जलबिद्युतको अबिरल बर्षाले मुहान बगाउदा सेवा बन्द

सिमगाड जलबिद्युतको अबिरल बर्षाले मुहान बगाउदा सेवा बन्द

May 26th, 2024

काठमाडौं, जेठ १३/ धन बहादुर बोहरा

बाजुरा -जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा रहेको सिम गाड जलविद्युतको नहर अबिरल बर्षाका कारण भत्किएर बिद्युत अबरोध भएको छ ।

शुक्रबार राति अविरल वर्षा संगै बड्डिगाड खोलामा पानीको बाहप धेरै आएपछि सिमगाड जलविद्युतको मुहान बगाउदा सेवा बन्द भएको सिमगाड जलविद्युतका सचिव बिष्नु बुढाले जानकारी दिनु भएको छ ।

सिमगाड जलविद्युतको मुहान बगाए सारै अप्ठ्यारो भएको हुदा बनाउन समय लाग्ने भएकाले उक्त नहरको मुहान नबनाउदा सम्म सम्पुर्ण बुढिनन्दा नगरपालिका वडा न ३ का करिब ३०० घरपरिवार अध्यारोमा बस्न बाध्य भएका सिमगाड जलविद्युतका अध्यक्ष रंगलाल बोगटीले बताउनु भएको छ ।

मुहान बनाउन केही समय लाग्ने भएकाले त्यति बेला सम्म डाँडाबाडा मेल्डुस्का सिरा जैलु चोलु भिडिगाँउ र लौडा रुख सम्मका स्थानीयले अध्यरोमा बस्नु पर्ने बाध्यता भएको हुदा सम्पूर्ण सेवाग्राही मार्फत संचालक समितिको तर्फबाट माफि माग्न चाहान्छौ बाढिले गर्दा बिद्युत अबरुद्ध भई सेवा बन्द भएको हुदा हामी क्षमाप्रार्थी छौ सिमगाड जलविद्युतका अध्यक्ष बोगटीले बताउनु भएको छ ।