काठमाडौं, जेठ १२
नेकपा एमाले महालक्ष्मी नगर र महालक्ष्मी नगर पालिका र महालक्ष्मी नगरपालिका वडा नं.७ को वडा अधिवेशन तयारी बैठक सम्पन भएको छ । बैठकमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा महालक्ष्मी नगर इन्चार्ज रामहरि बजगाईको प्रमुख आतिथ्यतामा बोल्दै प्रमुख अतिथि महालक्ष्मी इन्चार्ज रामहरि बजगाई जेष्ठ ३० गते भित्र पार्टीको मार्ग निर्देश पालना गर्दै पालिका र वडाको अधिवेशन सम्पन्न गरी सक्नु पर्ने बताए ।
त्यस्तै, विशेष अतिथि नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिब राम राउत रहेका थिए । अतिथिहरु ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा महालक्ष्मी नगरपालिका वडा नंं.७ इन्चार्ज नविन तण्डुकार, महालक्ष्मी नगर कमिटी पूर्व जिल्ला कमिटी सदस्य देवीका राई, संकर बस्नेत, सुरेन्द्र अमात्य महालक्ष्मी नगरपालिकाका कार्यवाहक अध्यक्ष बैकुण्ठ बुढाथोकी, महालक्ष्मी नगर कमिटी सदस्य तथा राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी सह सचिव बलराम वाग्ले, सिवराम राना क्षेत्री ,जगदीश्वर कार्की, पूर्व टिकाथली गा.वि.स. उपाध्यक्ष रामेश्वर कार्की, पूर्व महालक्ष्मी वडा नं. ७ अध्यक्ष नकुल थापा, वडा सदस्य सादुराम श्रेष्ठ लगायत नेकपा एमाले पार्टीका कार्यकर्ताको उपस्थितिमा भएको थियो ।
बैठकमा ४ सांगठन विभाग पनि गठन गरिएको छ । प्रचार विभागमा बलराम वाग्ले, शिवराम राना क्षेत्री, सादुराम श्रेष्ठ, सुरेन्द्र अमात्य रहेका छन् ।
राजनीतिक सांगठन प्रतिवेदन विभागमा मुकुन्द ठकुरी, नकुल थापा, जगदीश्व कार्की, प्रतिनिधि छनौट विभागमा प्रमेश सुवेदी, रामभक्त खनाल, देवीका राई, यसोदा बस्नेत र आर्थिक विभागमा अनुराधा कोईराला, भरत थापा, शंकर बस्नेत रहेका छन् । बैठकको अध्यक्षता नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ७ कमिटीका अध्यक्ष मुकुन्द ठकुरीले गरेका थिए ।