neapl investment mega bank
  • गृहपृष्ठ
  • माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन

May 24th, 2024

काठमाडाैं, जेठ ११

सरकारले आफूहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।