काठमाडौं, जेठ ७
राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब बढी नोक्सानी व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा २४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा सहकारी बैंकको खुद ब्याज आम्दानी घटेको भने सञ्चालन नाफा र कुल सञ्चालन आम्दानी पनि नोक्सानीमा रहेका कारण नाफा घटेको हो । यसका साथै बैंकले खराब कर्जा उल्लेख्य बढेका कारण नाफा प्रभावित भएको हो ।
गत वर्ष ८६ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यस्तो आम्दानी १४४.१० प्रतिशतले घटेर ३५ करोड ६३ लाख रुपैयाँमा झरेको छ । त्यस्तै खुद ब्याज शुल्क तथा कमिसन आम्दानी १४०.२९ प्रतिशतले घटेको छ ।