काठमाडौं, जेठ ५
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले आयोजना गरेको मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रदेशभित्रका पत्रकारहरुलाई लक्षित गरेर मंगलबारबाट धुरिखेलमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले बागमती प्रदेशले प्रदेशभित्रका पत्रकारहरुको समाचार लेखन र वाचनशैलीलाई गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको बताए।
तालिममा प्रशिक्षकहरु विकास कार्की र रामु सापकोटाले फोटो र भिडियो खिच्न र इडिट गर्नेबारे प्रशिक्षण दिएकाे थियो । २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।