neapl investment mega bank
  • गृहपृष्ठ
  • अनेमसंघ ललितपुरको जिल्लाभेला सम्पन्न अध्यक्षमा: रेणुका बजगाई

अनेमसंघ ललितपुरको जिल्लाभेला सम्पन्न अध्यक्षमा: रेणुका बजगाई

May 5th, 2024

ललितपुर, बैशाख २३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ललितपुरको संघको ९ औँ जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।

संघको ९ औँ जिल्ला सम्मेलनमा अध्यक्षमा रेणुका बजगाई चयन भएकी छन् । यसैगरी उपाध्यक्षमा कला भण्डारी तथा गौरी केसी एवं सचिवमा शोभा देवी श्रेष्ठ र उपसचिवमा ईन्द्रा श्रिस रानाका साथै कोषाध्यक्षमा लक्ष्मी सिलवाललाई निर्विरोध छानेको छ ।

अधिवेशनले ५१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।