neapl investment mega bank

प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

Apr 30th, 2024

ललितपुर, बैशाख १८

बागमती गाउँपालिका १ घुसेलमा जनचेतानमूलक कार्यक्रम सम्पन्न भएको छ । प्रहरी वृत्त चापागाउँ र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । बागमति गाउँपालिका १ घुसेलको वडा कार्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

वडा १ का वडा अध्यक्ष ज्ञान बहादुर लो को अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीको प्रमुख अतिथिमा श्री घुसेल माध्यामिक विद्यालयका विद्यार्थीहरु, शिक्षक, शिक्षिका, अभिभावक, स्वयमसेवक र स्थानियहरु लगायतको सहभागितामा बाल विवाह, लैङ्गि हिंसा, विद्युतिय अपराध, आत्महत्या न्यूनिकरण साथै लागु औषधि सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी प्रहरी नायब निरीक्षक फूल कुमारी पौडेलले विभिन्न विषय सम्बन्धमा जनचेतनमूलक प्रशिक्षण दिनु भयो । उनले फेसबुकमा आफ्नो व्यक्तिगत विवरणहरु प्रस्तुत नगरी गोप्यनियता राख्न अनुरोध गरे ।

कार्यक्रममा प्रमुख अतिथि दर्लामीले यस जनचेतनामूलक कार्यक्रमबाट व्यवहारमा लागू गर्न अनुरोध गरेका छन् । उनले सबै कुरा थाहा पाउँदा पनि जाने र पनि जानी जानी गल्ती गरिरहेको बताए ।