आधारभूमि बैशाख १६, ललितपुर ।
राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नेकोसले नवौं ललितपुर जिल्ला सम्मेलनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा ललितपुरका नेकपा एमालेका पाँच पालिकाका इन्चार्ज हरिकृष्ण व्यञ्जनकारले नेकपा एमालेका नेताहरु जनताको समस्या बुझ्न जनताको घर घरमा पुगी जनताको समस्या, विकास निर्माणका कामका विषयमा जान आग्रह गर्दै विभिन्न पार्टी परित्याग गरी आजै पार्टी प्रवेश गरेकाहरुलाई बधाई तथा शुभकाना दिदै नेकपा एमाले प्रवेश गरेका नव प्रवेशीहरुलाई योग्यता अनुसारको पार्टीले जिम्मेवारी दिइने बताए ।
विशेष अतिथि नेकपा एमाले ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेशका कमिटीका उप सचिब प्रेम बा. महर्जनले ९औं जिल्ला सम्मेलनबाट नव निर्वाचित जिल्ला कमिटि पदाधिकारी र नव पार्टी प्रवेश गरेकाहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा एमाले पार्टीले जनताको समस्या विकास निर्माणका काम अगाडी बढाउन सबै नेता तथा कार्यकर्ताहरुलाई जनताको घर घरमा जान आग्रह गरे ।
त्यस्तै, नव निर्वाचित ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जनताका आधारभूत आवश्यकता विकास निर्माणका विषयमा बहस छलफल गरी वडा पालिका जिल्लासंग समन्वय गरी आगामी पालिका र वडाका अधिवेशन अनिवार्य २०८१ जेठ मसान्त सम्म सम्पन्न गर्न आग्रह गर्दै नव पार्टीमा प्रवेश गरेकाहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले राष्ट्रिय खेलकूद महासंघ केन्द्रिय महासचिब मेघराज पौडेलले खेल जगतलाई जनताको स्वास्थ्यसंग जोडने बेला आएकोले पहिले पार्टी जोगाउने र अव पार्टी बचाउने समय आएको उधृत गर्दै खेलकूद विकासका लागि खेलाडी र जनप्रतिनिधि बीच सहकार्य गर्न आग्रह गरे ।
कार्यक्रमको सभापतित्व प्रकाश बानीयाले गरेका थिए ।