ललितपुर, माघ २८
ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।
स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको हो ।
आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।