neapl investment mega bank

गोदावरी खोला कोरिडोर निर्माण शुरु

Feb 4th, 2024

आधारभूमि माघ २१, ललितपुर

महालक्ष्मी नगरपालिकाको गोदावरी खोलामा कोरिडोर निर्माणको काम शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको विपद व्यवस्थापनको आ.व. ८०/०८१ को बजेटबाट महालक्ष्मी नगरपालिकाको वडा नं. ७ र ५ जाेड्ने पुल मुनीबाट २० लाख बजेटबाट ५२ मिटर लामो गोदावरी खोला कोरिडोर जय श्री महालक्ष्मी मल्टीपरपोज निर्माण सेवाले काम गर्न शुरु भएको छ ।

महालक्ष्मी नगरपालिका वडा सदस्य विक्रम क्षेत्रीका अनुसार गोदावरी खोला कोरिडोर ३० मिटरको हुने बताए ।