काठमाडौं, माघ ११
श्रीकृष्ण प्रणामीले माघ १६ गते देसैभरी एक साथ रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३३ औं बार्षिक उत्सव एवं ३४ औं स्थापना दिवसको अवसरमा माघ १६ गते देसैभरी एक साथ रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक केन्द्रिय सदस्य भीम बगाले जानकारी दिए ।
२०४७ माघ १८ गते आज भन्दा ३३ बर्ष पहिले देखि सामाजिक एवं धार्मिक गतिविधि संचालन गर्ने क्रममा समाजमा बिध्यमान बिकृती बिसङ्गतीहरु विरुद्ध सकेतनामुलक जागरण अभियान सन्चालन गरेको थियो । समुदायमा आईपर्ने प्राकृतिक प्रकोप दैविक प्रकोप लगाएत विभिन्न आपत्ति बिपत्तिहरुमा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएका छन् ।
दुर्व्यसन त्यागौं, सेवामुखी बनौं” भन्ने मूल नारा का साथ मा संचालित श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले आगामी माघ १६ गते देशैभर एकसाथ रक्तदान कार्यक्रम संचालन गर्दैछ । कृष्ण प्रणामीले विभिन्न समयमा आफ्नो सेवामुखी कामहरु गर्दै आएको परिषदले यस वर्ष आफ्नो स्थापना कालको ३४ औं वार्षिकोत्सवको अवसरमा माघ १४ गते देखि १८ गते सम्म विविध पन्च दिवसिय कार्यक्रमको आयोजना गर्न लागेको छ ।
सेवा नै धर्म हो भन्ने सुविचार लाई आत्मसात गर्दै सेवामा लागिपर्नुहुने सबैलाई उक्त दिन २०८० माघ १६ गते रक्तदान जीवनदान कार्यक्रममा सहभागी हुन श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले अनुरोध समेत गरेको छ ।
कृष्ण प्रणामीले आफ्नो स्थापना काल देखिनै रक्तदान कार्यक्रम गर्दै आएकोले अहिले पनि रक्तदानलाई निरन्तरता दिईरहेको कार्यक्रम संयोजक भीम बगाले बताए ।