neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

Jan 24th, 2024

काठमाडौं, माघ १०

नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ ।

माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको बिमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराज जीको हातबाट भएको थियो ।

प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सि. र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङ् आईकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङ् आईकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुई वटै एल्बममा संगीत संयोजन नवीन कुमार तिमल्सिनाको रहेको छ ।

उक्त विशेष कार्यक्रममा प्रणामी अनलाईन क्विज सिजन १ को पनि निकै रोचक ढंङ्गबाट फाईनल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीर देव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।

श्रीकृष्ण प्रणामी समाजको एकै साथ दुईवटा धार्मिक सांगितिक एल्बम विमोचन र प्रणामी समाजको एक पृथक कार्यक्रम प्रणामी अनलाईन क्विजको पहिलो सिजनको समापन भएको यो गौरव र खुसिको क्षण भएकोले सहयोगी प्रत्येक व्यक्ति, संघ संस्थालाई कार्यक्रम व्यवस्थापन प्रमुख भोला दाहाल एव्ं कार्यक्रम प्रमुख नवीन कुमार तिमल्सिनाले विशेष धन्यवाद एवम् आभार प्रकट गरेका थिए ।

प्रणामी अनलाइन क्विजकाे पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले गरेका थिए । प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपाेज गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे क्विजकाे पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले जनाए ।