neapl investment mega bank
  • गृहपृष्ठ
  • ढुंखर्कको कृष्ण मन्दिरमा राजश्यामाजीको स्थायी मन्दिर स्थापना कार्यक्रम सम्पन्न

ढुंखर्कको कृष्ण मन्दिरमा राजश्यामाजीको स्थायी मन्दिर स्थापना कार्यक्रम सम्पन्न

Jan 21st, 2024

काठमाडौं, माघ ७

काभ्रेपलान्चोक/ बेथान्चोक गाउँपालिका स्थित- २ ढुंखर्कमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा नेपालको केन्द्रीय धाम नवतन धामका गादिपती बाबाजी सन्त श्री १०८ अमृतराजजी महाराजको आगमनबाट आज श्री राजश्यामाजीको स्थायी स्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृष्ण प्रणामीकाे परिचय सहित अक्षयकोष स्थापना गर्नका लागि रु ५१००० को सहयोग सहित वचन व्यक्त गर्नु भएको थियो।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कका अध्यक्ष सन्तोष बजगाईका अनुसार उक्त मन्दिरमा राजश्यामाजीको स्थायी राजजी पद्रावनी कार्यक्रम आइतबार सम्पन्न भएको हो। साथै बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे श्रेष्ठले श्री कृष्ण प्रणामी मन्दिर ढुंखर्कलाई विभिन्न समयमा बजेट निकासा गर्नी प्रतिबद्ध व्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा श्रीकृष्ण कृपा धाम देवघाट तनहुबाट बिदुषी माता तारा घिमिरे श्री कृष्णप्रणामी मेहेर सागर कृपासिंधु गुरुकुल आश्रमका संरक्षक साहित्यचार्य जनार्दन शास्त्री महाराज, बिदुषी माता उषा घिमिरे, श्रीकृष्ण प्रणामी समाज काभ्रेका आध्यात्मिक प्रबक्ता शास्त्री सुदर्शन तिमल्सिना, धर्मप्रचारक गुरुजी घनश्याम शास्त्री, श्रीमान्निजान्द ब्रम्हा सभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिर भक्तपुर कटुन्जेका संरक्षक पण्डित तुलसी कोइराला र श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल केन्द्रिय समितिका पदाधिकारीको पनि उपस्थित थियो।

श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय अध्यक्ष श्यामकृष्ण शर्माले श्री कृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती ढुंखर्कलाई मन्दिरमा हुने आर्थिकको पारदर्शिता सहित हरेक वर्षको असार मसान्तसम्म साधारण सभा गरि सुन्दरसाथलाई जानकारी दिन निर्देशन दिनुभयो ।

साथै श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालका पुर्व अध्यक्ष गिता शर्मा मन्दिर विभिन्न चरणमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने वचन गर्नुभयो ।
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल पुर्व अध्यक्ष खिल प्रसाद घिमिरे श्री कृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अध्यक्ष श्री बलराम बजगाई बेथानचोक गाउपालिका प्रमुख भगवान अधिकारीले मन्दिर निर्माणको लागि सधै लागिरहेने बताए।

उक्त कार्यक्रममा पालिकाका उपप्रमुख तारा राना तिमल्सिना, वडा १, २ र ३ का वडाध्यक्षहरू, संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधी तथा कृष्ण प्रणामीसँग सम्वन्धित ब्यक्तिहरुको श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कमा राजश्यामाजीको स्थायी राजजी पद्रावनी कार्यक्रममा सहभागिता रहेको थियो।