neapl investment mega bank
  • गृहपृष्ठ
  • हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा अग्रवालसहित ३ जना पक्राउ

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा अग्रवालसहित ३ जना पक्राउ

Jan 19th, 2024

काठमाडौं, माघ ५

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट पक्राउ गरिएको हो ।

अग्रवालको समूहले हुण्डी र क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको सूचनाले राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २ करोडभन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको छ ।

अग्रवालले क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए । उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका छ ।