neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीकृष्ण प्रणामीद्वारा विपन्न घर-परिवार र विध्यार्थीहरुलाई न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामीद्वारा विपन्न घर-परिवार र विध्यार्थीहरुलाई न्यानो कपडा वितरण

Jan 18th, 2024


काठमाडौं, माघ ४
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले मधेस प्रदेशमा अति बिपन्न घर-परिवार र विध्यार्थीहरुलाई न्यानो कपडा बितरण कार्यक्रम गरेको छ । श्रीकृष्ण प्रणामीले आफ्नो ३४ औं स्थापना दिवसको अबसरमा न्यानो कपडा बितरण गरेको हो ।

२०८० पौष २८ गते कोल्हवी-४ बारामा अवस्थित श्री नेपाल आधारभूत विद्यालय प्रतिनगर थलहीकट्टीमा अध्यनरत १०३ जना अति विपन्न बिध्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको थियो । उक्त पोशाक वितरण कार्यक्रम परिषद्को केन्द्रिय अध्यक्ष जगदीशचन्द्र शर्माको अध्यक्षता, कोल्हवी नगरपालिकाको नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता र जिल्ला समिति मोरङको सामाग्री सहयोगमा भएको थियो ।

यस्तै, सोही दिन बारा जिल्ला कै गडिमाई मन्दिर परिसर सोही वडाको वडा अध्यक्षको प्रमुख आतिथ्य एवं परिषद्को केन्द्रिय उपाध्यक्ष टंक ओझाको अध्यक्षतामा अति विपन्नका ६० घर परिवारलाई न्यानो ब्लाङैकेट वितरण गरेका छन् भने सोही दिन सितापाईला प्रा स को सहयोगमा जिल्ला समिति रौतहटलाई दसौं लाखको न्यानो कपडा हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम सेवा समितिका सदस्य एवं सामजिक बिभाग प्रमुख नमराज ढकालको प्रमुख आतिथ्य एवं परिषद्को केन्द्रिय उपाध्यक्ष यदु बगालेको अध्यक्षतामा सम्पन भएको हो ।

साथै उक्त अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर औराहा सिमरा बारामा युवा जागरण प्रशिक्षण कार्यक्रम पनि भएको थियो । उक्त प्रशिक्षणमा २५० जना प्रशिक्षार्थी सहभागी भएको कार्यक्रममा श्री मेहेर सागर कृपासिन्धु गुरुकुलका संचालक साहित्यचार्य जनार्दन महारजले गर्नुभएको छ । प्रमुख प्रशिक्षकक विदुषी माताजी उषा घिमि रहेको र कार्यक्रम संचालक परिषद्का केन्द्रियका महासचीव सुजन सुबेदीले गरेको परिषद्का केन्द्रिय सदस्य भीम बगालेले जानकारी दिए ।

उक्त अवसरमा मोरङ जिल्ला अध्यक्ष माधव भट्टराई काठमाडौं जिल्ला निवर्तकान अध्यक्ष भरतराज मैनाली ललितपुर जिल्लाका सचिव सचिन्द्र महर्जन सितापाईलाका अध्यक्ष निरंजन लम्साल र सचिव कमल अधिकारी लगाएतको उपस्तिथि रहेको थियो ।