neapl investment mega bank
  • गृहपृष्ठ
  • मुगुमा सामूहिक बलात्कार : बालिका गर्भवती भएपछि नगर प्रहरी प्रमुख, सरकारी कर्मचारी नै आरोपित

मुगुमा सामूहिक बलात्कार : बालिका गर्भवती भएपछि नगर प्रहरी प्रमुख, सरकारी कर्मचारी नै आरोपित

Jan 18th, 2024

काठमाडौं, माघ ४

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रबहादुर थापाले बताए । 
गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको हो । 

बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका वर्ष ३० वर्षीय छायाँनाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ । 
१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ । 
प्रहरीले छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया र तीन बालक गरी पाँचजनालाई पक्राउ गरेको छ। कृषि विकास कार्यालय गमगढीका सवारीचालक ३० वर्षीय पदमबहादुर कठायत र बाँकी तीन बालक फरार छन् ।
फरार रहेकाहरू खोजी भइरहेको र उनीहरूविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
विभिन्न प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेको पीडितले बयान दिएकी छिन्। त्यसअघि १४ वर्षका किशोरहरूले १६ भदौ बेलुका आफ्नो कोठामा भेट्न बोलाएर राति बलात्कार गरेका थिए । छायानाथ रारा नगरपालिका घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसेर कक्षा सातमा पढिरहेकी थिइन् । बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।