neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी

ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी

Jan 17th, 2024

ललितपुर, माघ ३

ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा आगलागी भएको हो ।

आगलागीपछि छाप्रोमा ३ वटा भैंसी र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गोठमा पराललगायत सरसामान र आगो बाल्ने चुलो एकै ठाँउमा भएका कारण दुर्घटना भएको हो ।