काठमाडौं, माघ १
सूर्यविनायक नगरसभाको १५ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न विषयगत समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन, ५ विधेयक र १ वटा नियमावली सर्वसम्मत रुपमा पारित गरेको हो ।
अधिवेशनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विषयगत समितिका संयोजकहरुले आआफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
नगर सभा अध्यक्ष तथा नगर प्रमुख बासुदेव थापाले निणयार्थ पेश गर्नु भएको प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
त्यस्तैगरि, नगरसभाबाट आर्थिक (प्रथम संशोधन) विधेयक २०८०, नगर खेलकूद ब्यवस्थापन विधेयक २०८०, सार्वजनीक निजी साझेदारी तथा लगानी विधेयक २०८० आारभूत स्वास्थ्य तथा सरसफाई ब्यवस्थापन विधेयक २०८० र विवाद निरुपण सम्बन्धी विधेयक २०८० गरि पाँच वटा विधेयक र एक वटा कार्यसञ्चालन नियमावली २०८० सर्वसम्मत रुपमा पारित भएको छ ।