काठमाडौं, पुस २९
उपकार लघुवित्त वित्तीय संस्था लि।को पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष श्रीमती शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ।व। २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।
साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि।ए।भगवती रेग्मी र सि।ए। निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।