neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल रेडक्रस सोसाइटी केन्द्रद्वारा पत्रकार सम्मेलन

नेपाल रेडक्रस सोसाइटी केन्द्रद्वारा पत्रकार सम्मेलन

Jan 10th, 2024

काठमाडौं, पुस २५

नेपाल रेडक्रस सोसाइटी केन्द्रले आज पत्रकार सम्मेलन गरेकाे छ । उक्त सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी केन्द्रले सञ्चालित उल्लेखनीय गतिविधि तथा उपलब्धिहरू बारे रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले प्रस्तुत गरेका छन् ।

उनले आव २०८०/०८१ सम्मका लागि संस्था नवीकरण नभएकाे र संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताए ।

नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा छ हजार आठ सय ३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयम्सेवक आबद्ध छन् ।

नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ । रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ ।

विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रुपमा रहेको छ । रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानुनको प्रवद्र्धन, शान्ति र मानवीय मूल्यको प्रवद्र्धन लगाएका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ ।