काठमाडौं, पुस २३
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
गठबन्धनमा जसपाको भागमा महिला क्लस्टरको एक सिट परेको छ । जसपाले उम्मेदवार बनाएकी चौधरी गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएकी थिइन् ।