ललितपुर, पुस १४
गाेदावरीखोला क्षेत्र सरसफाइ अभियानको २५४ हप्ताको सचेतनामुलक सरसफाइ तथा खोला निरीक्षण कार्यक्रम महालक्ष्मी नगरपालिका ललितपूरको सहकार्यमा भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्ब माननीय माधब पौडेल , महालक्ष्मी नगरपालिका वडा ९ का अध्यक्ष जयकिशन बोगटी तथा अन्य जनप्रतिनिधि , नगरपालिका बाताबरण शाखा प्रमुख रबिन्द्र उप्रेती , नगरप्रहरी , घाट ब्यवस्थापन समिती पदाधिकारी , सामाजिक अभियन्ता राम थापा , कैलाश कुमार मल्ल , बुद्ध महर्जन, श्री नेमकुल, बिकास के सि, प्रविन्द्र श्रेष्ठ लगायत गोदावरी अभियन्ताहरु गोपि कार्की , सुबोध थापा , सुरज श्रेष्ठ लगायत विभिन्न सरोकार वाला ब्यक्तिहरुको उपस्थितीमा सम्पन्न गरियो ।

आज गोदावरी नगरपालिका वडा १४ ठैब , महालक्ष्मी नगरपालिका वडा ५-७ पन्चकन्या टोल तथा अन्य स्थानमा पनि सरसफाइ कार्यक्रम गरिएको र आजको अभियानमा आवश्यक सरसफाइ सामाग्री मास्क पन्जा गोदावरी अभियन्ता सुरज श्रेष्ठले सौजन्य गर्नुभएको थियाे ।