ललितपुर, पुस १३
ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।
उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।
उक्त क्षेत्र अहिले तनावग्रस्त छ । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।