ललितपुर, पुस ९
सानो पाईलाले संस्कृति संरक्षण एवम् प्रवर्द्धनको लागि भिमसेन मन्दिर अगाडि उद्योग वाणिज्यकाे पाटीमा याेमरी स्टल राखिएको छ । याेमरी स्टल सोमबार र मंगलबार दुई दिन संचालन हुने आयाेजकले जानकारी दिए।
सानो पाईला नेपालको सचिव सुदर्शन महर्जनले याेमरी पुन्हीको उपलक्षयमा हरेक वर्ष सानो पाईला नेपालले परम्परा देखि चल्दै आएको संस्कृतिलाई जगेडा गर्ने मुख्य उदेश्यले स्टल राख्दै आएको बताए । याेमरी स्टल विगत चार वर्ष देखि निरन्तरता दिइरहेको सचिव महर्जनले बताए ।
याेमरी प्रती गोटा ५० को दरले वितरण गर्दै आएको जानकारी दिए ।