neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा घटेका विभिन्न द्वन्द्वहरुका कारण र शान्ति निमार्णमा सामुदायको भूमिका

नेपालमा घटेका विभिन्न द्वन्द्वहरुका कारण र शान्ति निमार्णमा सामुदायको भूमिका

Dec 23rd, 2023

ललितपुर, पुस ७
ललितपुर महानगरपालिक १४ तिखेदेवलान नेपालमा घटेका विभिन्न द्वन्द्वहरुका कारण र शान्ति निमार्णमा सामुदायको भूमिका कार्यक्रम भएको छ । उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र तिखेदेवलका अध्यक्षय डा. गोविन्द प्रसाद थापाको अध्यक्षता र पुर्व मन्त्री बुद्धिराज बज्रचार्यको प्रमुख अतिथी र १४ वडाका वडाध्यक्ष अमृतजंग महतको विशेष अतिथिमा भएको हो ।

नेपालमा घटेका विभिन्न द्वन्द्वहरुका कारण र शान्ति निर्माणमा सामुदायकको भुमिका भन्ने विषयमा १४ वडामा बस्ने विभिन्न धर्मलम्बीहरु, संघसस्थाको उपस्थितमा प्रशिक्षण तथा अन्तर्क्रया कार्यक्रम गरिएको थियो । पिस एजुकेशन नेपालका (सल्लाहकार) चिरन्जीवी भण्डारी र पिस एजुकेशन नेपालका अध्यक्ष बि.एन शर्माले नेपालमा घटेका विभिन्न द्वन्द्वहरुका कारण र शान्ति निमार्णमा सामुदायको भूमिकाको सहजीकरण गरेको छ ।

नेपालमा विद्यमान द्वन्द्वका कारणहरु, समाधानका उपायहरु र समुदायको भूमिका, द्वन्द्व र शान्तिसँग सम्बन्धित केही शब्दहरु, द्वन्द्वको व्यवस्थापन, समाधान, रुपान्तर, द्वन्द्वको बुझाई सम्बन्धी विषयमा अन्तर्क्रया भएको थियो ।