ललितपुर, मंसिर ३०
ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जात्रा समापन समारोहमा प्रमुख अतिथिकाे रूपमा सहभागी भएका हुन् ।
साे कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सातदोवाटो चापागाँउ सडक विस्तार नहुँदा आफू पीडित बन्नु परेको बताएका छन् ।
उनले नवदुर्गा भवानी देवीको १२ वर्षेे ऐतिहासिक जात्रा समापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताउँदै
संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक विस्तारका लागि प्रधानमन्त्री प्रचण्डलाई पहल गर्न कार्यक्रममा सम्बोधन गर्दै अनुरोध गरेका थिए ।