ललितपुर, मंसिर २८
गोदावरी नगरपालिका-११ चापागाउँमा अवस्थित बज्रबाराही माई मन्दिर वर्षाैदेखि रोकिएको दैनिक नित्यपूजा आज शुभारम्भ गरिएको छ ।
गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनबाट बिहीबारबाट शुभारम्भ गरिएको थियाे । मेयर महर्जनले नित्यपूजा अब दैनिक बिहान हुने बताए ।
नित्य पूजाका लागि नगरपालिकाबाट १६ लाख सहयोग गरेका छन् । चम्पापुर संस्कृति संरक्षण संस्थाको अनुवाईमा वर्षोंदेखि रोकिएको नित्यपूजा शुभारम्भ गरिएको हो ।
बज्रबाराहीमा प्रत्येक दिन गरिने नित्य पूजा आर्थिक अभावका कारण ३५ वर्षदेखि रोकिएको ‘बज्रबाराही नित्यपूजा’ का लागि गत वर्ष माघमा सप्ताह लगाएकाे थियाे ।
