neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय युवा सङ्घले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज

राष्ट्रिय युवा सङ्घले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज

Dec 8th, 2023

काठमाडौं, मंसिर २२

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै सवै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको जनाएका छन् ।

युवा संघले आगामी पौष २१ गते देखी लगातार सात प्रदेशमा सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।