काठमाडौं, मंसिर २०
नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारकाे तुलनामा आजको मूल्य ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १४ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।