काठमाडौं, मंसिर १५
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नछुट्ने भएका छन् । तर, उनका छोरा सन्दीप भने धरौटीमा रिहा हुने भएका छन् ।
टोपबहादुरलाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो । बुबालाई थुनामै राख्न आदेश दिएको अदालतले छोरा सन्दीपलाई भने छाड्ने आदेश दिएको हो ।
सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ । शुक्रबार थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गरिएको थियो । पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले केहीलाई थुनामै राख्ने र केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।