काठमाडौं, कार्तिक २३
अभिनेत्री दिपाशा बीसी ‘जलपरी’ को बिहीबार निधन भएको छ । बुधबार राति उपचारका लागि २८ वर्षीय बीसीलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।
झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।