neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा वडा स्तरीय कानुनी सचेतना कार्यक्रम

महालक्ष्मी नगरपालिकामा वडा स्तरीय कानुनी सचेतना कार्यक्रम

Nov 8th, 2023

ललितपुर, कार्तिक २२
महालक्ष्मी नगरपालिको आयोजनामा वडा स्तरीय कानुनी सचेतना तथा क्षमता अभिमुखीकरण कार्यक्रम सोमबार भएको छ । महालक्ष्मी नगरपालिका १ अन्तर्गत सामुदायिक भवनको सभा हलमा नगर उपप्रमुख लक्ष्मी महर्जनको सभापतित्वमा र नगर प्रमुख हरिगोबिन्द श्रेष्ठको प्रमुख आतिथ्यता भएको थियो । उक्त कार्यक्रममा अधिवक्ता सम्झना फुयालले कानुनी सचेतना तथा क्षमता अभिमुखीकरण सम्बन्धी प्रशिक्षण दिएका थिए ।

सो कार्यकक्रममा प्रसाकिय प्रमुख प्रदिप पौडेल, वडा न १ का वडा अध्यक्ष छिरिङ लामा, वडा न ५ का वडा अध्यक्ष कपिल के सि, वडा न ७ का वडा अध्यक्ष बाबुराजा महर्जन, वडा न ९ का वडा अध्यक्ष जय कृष्ण बोगटी, कार्यपालिका सदस्य, वडा सदस्यहरु, टोल सुधार समिति, टोल बिकास सस्था, क्लब लगायतको संघ सस्थाहरुको पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम २४ गते बिहिबार सकिनेछ ।