काठमाडौं, कार्तिक २०
विशाल ग्रूप अन्र्तगत भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेसनले भूक्पपीडितका राहतका लागि प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख रुपैयाँ प्रदान गरिने घोषणा गरेको बताएको छ ।
उक्त फाउन्डेसनले गत शुक्रबार राती पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहित तुल्याएको छ ।
साथै, भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीहरुप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना पनि प्रकटका साथ घाइतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फाउन्डेसनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षा पनि गरेको छ ।