काठमाडाैं, असाेज ३०
प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्याे।
सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।