neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा राई चयन

ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा राई चयन

Oct 14th, 2023

ललितपुर, असाेज २७

ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा हिम किसोर काङमाङ राई चयन भएका छन् । संघको १३ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले आज उनलाई निर्विरोध रुपमा सो पदमा चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा बाबु राजा महर्जन, सचिवमा रोशन घिमिरे, सहसचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा ईश्वर खड्का र सहकोषाध्यक्षमा अमिर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा योरजङ्ग कार्की, दिवाकर पोखरेल, विष्णु कारन्जित, विनोद महर्जन, चेतनाथ बजगाई, सहदेव अधिकारी र सन्दिप श्रेष्ठ चयन भएका छन् ।