neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 12th, 2023

काठमाडौँ २५ असोज

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागको कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा जागिर शुरु गरेर पछि वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको अख्तियारले जनाएको छ ।

बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।