काठमाडौं, असाेज २५
इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।
इजरायलबाट फर्किने चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएराती २:३० बजे नेपाल एयरलाइन्सको विमान इजरायलतर्फ पठाएको छ ।
गएराति ती नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको थियो । इजरायलबाट आज नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।