neapl investment mega bank

बढ्याे सुनकाे भाउ

Oct 10th, 2023

काठमाडाैं, असाेज २३

बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ । 

आज छापावाल सुन प्रतितोलाको एक लाख आठ हजार ९०० र तेजाबी सुन एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।