neapl investment mega bank

दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

Oct 9th, 2023

काठमाडौं २२ असोज

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । उनले विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका थिए ।

उनलाई राजधानीको यल्लो प्यागोडा होटल अगाडी कालोमोसो दलेका थिए । सो होटलमा प्रसाईंले दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।