ललितपुर, असोज २०
रास्ट्रको लागि स्वयं सेवा भावनाले सन्चालित गोदावरीखोला क्षेत्र सरसफाइ अभियान को २४२ औं हप्ता सम्पन्न भएको छ । आज विशेष गरी घरदैलो सचेतनामूलक कार्यक्रम गोदावरी नगरपालिका २ र ३ को रचनाटार स्थित अदन टोलमा गरेको थियो । सचेतना मूलक घरदैलो कार्यक्रम तथा निरिक्षण एवम् विशेष छलफल गरी सम्पन्न भएको छ ।
अभियानको उपलब्धि जहाँ जथाभावी फोहोर फाल्ने काम हुन्थ्यो, सुरुवातमा २ – ३ टन फोहरमैला व्यवस्थापन गरेका थियौँ अहिले लटरम्म इस्कुस फलेका छन् र आर्थिक आय आर्जन हुने गरेको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी अभियन्ता बेबी राजभण्डारीले बताइन् ।
