neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

Oct 6th, 2023

काठमाडौं, असोज १९

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि एकापसमा गाभिन लागेका हुन् ।

यसअघि यी दुबै सहायक कम्पनीहरुले अलग अलग रुपमा मर्चेन्ट बैकिङ्गलगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गर्दै आएका थिए । मर्जरपश्चात् कम्पनीको चुक्तापूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।