neapl investment mega bank

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार !

Oct 1st, 2023

काठमाडौँ, असाेज १४

आज सुन र चाँदीकाे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।