neapl investment mega bank
  • गृहपृष्ठ
  • गाेदावरी खाेला क्षेत्र सरसफाइ अभियानको २ सय ४१ औं हप्ता

गाेदावरी खाेला क्षेत्र सरसफाइ अभियानको २ सय ४१ औं हप्ता

Sep 30th, 2023

ललितपुर, असाेेज १३

गाेदावरी खाेला क्षेत्र सरसफाइ अभियानको २ सय ४१ औं हप्ताकाे सरसफाई क्रममा आज शनिबार रचनाटारमा गरिएको छ ।

धनेको साँघु, रचनाटार, गोदावरी – 2 मा रचनाटार युथ क्लबको आयोजनामा र गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको सहकार्यमा राजकुलो सरसफाइ भएकाे हाे ।

गाेदावरीका विभिन्न स्थानमा सरसफाइका साथ निरीक्षण पनि गरेकाे गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी अभियन्ता बेबी राजभण्डारीले बताइन् ।

स्थानीयहरू आफ्नो क्षेत्रमा सरसफाइ गर्न जागरूक भएकाे देखिन्छ । आजकाे सरसफाइ कार्यक्रममा धनबहादुर खत्री, रामचन्द्र पुरी, गाेपी कार्की जस्ता विभिन्न अभियान्ताहरूकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

यस अभियानले विभिन्न सचेतना तथा संदेशमूलक कार्यक्रमहरू गर्दै आएका छन् ।