neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय फोटो पत्रकार समूह नेपाल २७ औं  वर्षमा प्रवेश

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल २७ औं  वर्षमा प्रवेश

Sep 24th, 2023

काठमाडौं , असाेज ७

गौरवमय इतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २७ औं वर्षमा प्रवेश गरेको छ। फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो ।

 संस्थाले २६ औं  वार्षिक उत्सवको अवसरमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोको प्रमुख आतिथ्यतामा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गरेकाे हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई दिइयो ।

फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको छ।

वरिष्ठ फोटो पत्रकार सम्मानबाट श्रीधरलाल मानन्धर, राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी निरन्तर २५ वर्ष फोटोग्राफीमा योगदान गरेबापत राजभाइ सुवाल सम्मानित भए ।

यस्तै, हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानअन्तर्गत साहसिक फोटो पत्रकारिता पुरस्कार कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार रत्नकिशोर श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कार विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार अम्बी तोलाङले पाए ।