neapl investment mega bank
  • गृहपृष्ठ
  • दुइ महिनामा देशको व्यापार घाटा २३ करोड ३३ लाख

दुइ महिनामा देशको व्यापार घाटा २३ करोड ३३ लाख

Sep 24th, 2023

काठमाडौं ७ असोज

मुलुकले चालु आर्थिक वर्ष २०८० ८१ का दुई महिनामा २३ करोड ३३ लाख दुई हजार रुपैयाँ व्यापार घाटा वेहोरेको छ ।

भन्सार विभागका अनुसार भदौ मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्म २४ करोड ४९ लाख १९ हजार रुपैयाँ व्यापार घाटा थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात गरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशतले कमी आएको हो । नेपालले अघिल्लो वर्ष २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात गरेको थियो ।

तथ्यांक अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा १ खर्ब ३० अर्ब भन्दा बढीले आयातमा कमी आएको हो । गत साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ हाराहारीमा आयात भएको थियो भने
दुई महिनाको अवधिमा नेपालले २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो आवको सोही अवधिमा नेपालले २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।