neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Sep 24th, 2023

काठमाडौ ७ असोज

प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै आरोपतिहरुले उपभोक्ता समितिलाई साढे ६ लाख बढी भुत्तानी दिइएको जनाएको छ । अख्तियारले सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं ८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अख्तियारले कैफियत भेटेसँगै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसहितलाई प्रतिवादी बनाइएको छ । आयोगले श्री जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ ।

आरोपपत्रमा प्राविधिकले तयार गरेको मूल्याङ्‍कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिइ सरकारी रकम हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा बमोजिम कसुर गरेको देखिँदा निजहरु विश्वराज मरासेनी र सर्मेन्द्र प्रसाद चौधरीलाई
रु ६ लाख ५८ हजार चार सय चालीस रुपैयाँ र पैसा सोह्र बिगो कायम गरी सोही दफाले निर्देश गरेबमोजिम मागदावी गरिएको उल्लेख छ ।