ललितपुर, असाेज ७
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् । उनी वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।
असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा बज्राचार्यले अध्यक्षकारुपमा उम्मेद्वारी दिएको छ । बज्राचार्यले आफु संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने जनाएका छन् ।