neapl investment mega bank

कफि क्लबको पाचौँ साधारण सभा सम्पन्न

Sep 23rd, 2023

ललितपुर, असोज ६
कफि क्लबको पाचौँ साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमा कफि क्लबका अध्यक्ष प्रेमकुमार राईको सभापत्विमा र ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृत जंग महतको प्रमुख अतिथिमा भएको हो ।

कार्यक्रमा क्लबका अध्यक्ष राईले क्लबको प्रगतिका गतिविधिहरु प्रस्तुत गर्दै क्लबको बारेमा कुनै सल्लाह सुझाव र साथ सहयोगको अपेक्षा पनि राखेका छन् । उनले वातारण संरक्षण लागि विरुवा उपहारको रुपमा दिएका छन् ।

प्रमुख अतिथि वडाध्यक्ष महतले क्लबलाई पहिला भन्दा बढी सहयोग र साथ दिने बताए । यस्तै, क्लबका कोषाध्यक्ष यमुना बुढाले आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा विशेष अतिथि डा. लालबहादुर पुन, साहित्यकार, कविकार, वडा प्रतिनिधिहरु, सल्लाकारहरुको उपस्थितीमा सम्पन्न भएको छ ।