ललितपुर, भदाै ३१
ललितपुरको सयुक्त बजार अनुगमन गरेकाे छ । टोलीले म्याद गुज्रेको सामान विक्री वितरण गरेको भन्दै पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गराएको छ। आइतबार ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट, पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो।
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइएपछि न्युनतम १ लाख जरिवाना गरिएको हाे।
सहायक सिडिओ सुनुवारका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ। यस्तै, म्याद सकिएको बियर विक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको उनले बताए।
संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरिक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य बस्तुको डिस्पोजल गरिएको बताए।
अनुगमन समितिको सदस्य सचिवको काम घरेलु कार्यालय ललितपुरले गर्नेछ। अनुगमन टोलीले अखाद्य बस्तुलाई डिस्पोजल पनि गराएको छ।